Job Vacancy at KIN Nepal

  • Full Time
  • nepal

Website KIN Nepal

Vacancy Announcement  

मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियानमा कार्यरत आफन्त नेपाल (KIN Nepal) को कार्यक्षेत्र झापा, मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, परासी, बाँके, महेन्द्रनगरका नेपाल-भारत सीमानाका र त्यस आसपासका केही गाउँपालिका तथा नगरपालिकाका लागि तपसिल बमोजिमका केही संख्यामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका बेचबिखन तथा हिंसाबाट प्रभावित ईच्छुक नेपाली महिलाहरुबाट आवेदनका लागि आव्हान गरिएको छ।

१. टिम लिडर (Team Leader)
२. सीमा अनुगन सहजकर्ता (Border Surveillance Facilitator)
३. सामुदायिक सहजकर्ता (Community Facilitator)

न्युनतम योग्यता र अनुभव
टिम लिडर (Team Leader) का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्तातक तह उत्तीर्ण गरी २ वर्ष अथवा १२ कक्षा उत्तीर्ण गरी ५ वर्षको सम्बन्धित क्षेत्रको कामको अनुभव, कम्प्यूटरको सीप तथा अंग्रेजी भाषाको दक्षता भएको र सहजकर्ताका लागि एस.एल.सी. उत्तीर्ण गरी कम्तीमा २ वर्षको अनुभव भएको वा दस कक्षा” उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको । माथिका सबै पदहरुका लागि
समुदायमा रहेका समूहहरुको क्षमता अभिवृद्धिमा सहजीकरण गर्न सक्ने क्षमता तथा उत्प्रेरकको रुपमा कार्य गर्न सक्ने, कुशल सञ्चार र मन्वय गर्न सक्ने क्षमता भएको, आत्मविश्वासी, सृजनशील, सकारात्मक सिकाइ प्रवृति, बेचबिखन /हिंसामा परेका ८पर्न सक्ने सम्भावनामा रहेका व्यक्ति तथा समुदायको उत्थानमा विशेष चासो राख्ने, हिंसाबाट प्रभावित व्यक्तिहरुसँगको कामको अनुभव भएको, आफन्त नेपालको मुल्य-मान्यता, दर्शन तथा लक्ष्यप्रति प्रतिवद्ध भई सामाजिक अभियन्ताको रुपमा सेवा गर्न ईच्छुक ।

माथि उल्लेखित योग्यता पुगेका मानव बेचबिखन तथा हिंसाबाट प्रभावित ईच्छुक नेपाली महिलाहरुले यही २०७७ साल मंसिर १३ गते भित्र व्यक्तिगत विवरण (CV) साथ सम्बन्धित जिल्लास्थित आफन्त नेपालको जिल्ला कार्यालय वा केन्द्रीय कार्यालय ललितपुर अथवा [email protected] मा आवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

थप जानकारीको लागि मोबाईल नं: ९८१००७५१०३/५५३३३७८८/५००१५०९
छानिएका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा सहभागी गराइनेछ ।

छनौट प्रक्रियाको सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित रहनेछ ।

परामर्श तथा सामुदायिक सहजीकरणको राम्रो दख्खल भएका र बेचबिखन तथा हिंसाबाट पीडितका लागि योग्यता बाधक हुनेछैन ।

Kin Nepal

To apply for this job email your details to jobs.kinnepal@gmail.com

This Post Has One Comment

  1. Sanjay prasad sah

    Teame leader

Leave a Reply