Junior Assistant, Branch Manager, Junior Assistant (Trainee)

  • Full Time
  • nepal

Website Meromicrofinance Laghubitta Bittiya Sanstha Ltd. 

Meromicrofinance Laghubitta Bittiya Sanstha Ltd. 

कर्मचारी आवश्यकता

प्रकाशित मिति : २०७७ असोज २० गते
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । नेपालका ९ वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित यस वित्तीय संस्थाले हाल नेपालका ५९ वटा जिल्लामा १२० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ । यस संस्थाको मौजुदा शाखा कार्यालयका लागि देहायबमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०७७ कात्तिक ४ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरी तोकिएको नमूनाबमोजिमको रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

बिज्ञापन न.पद संख्या शैक्षिक/वाञ्छनीय योग्यता 
1) 01/2077/78 (खुल्ला)शाखा प्रबन्धक/सहायक / बरिष्ठ सहायक /सुपरिवेक्षकसहायक / केहीन्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएकाले  दरखास्त दिन सक्नेछन्‌ । लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा शाखा प्रबन्धकको  रुपमा २ वर्ष कार्य गरेको तथा लघुवित्त क्षेत्रमा ४ वर्षको कार्य अनुभव भई मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
2) 02/2077/78 (खुल्ला)कनिष्ठ सहायकसहायक / केहीन्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएकाले  दरखास्त दिन सक्नेछन्‌ । लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा २ वर्ष कार्य गरेका (अनुभवी), मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
3) 03/2077/78 (खुल्ला)कनिष्ठ सहायक (प्रशिक्षार्थी )सहायक / केहीन्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरेका व्यक्तिले दरखास्त दिन सक्नेछन्‌ । मोटरसाइकल एवं चालक अनुमतिपत्र  भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

उमेर : १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । तर, महिलाको हकमा ५ वर्ष थप हुनेछ ।

नोट : माथिको क्रम संख्या १ र २ नं. पदमा अनुभवको आधारमा स्थायी वा ६ महिना परीक्षणकाल (Probation) मा नियुक्ति दिइनेछ तथा क्रम संख्या ३ नं. पदमा ६ महिना प्रशिक्षार्थी (Trainee) मा नियुक्ति दिइनेछ । कार्य अवधि गणना गर्दा
परीक्षणकाल समेतलाई स्थायी अवधिमा गणना गरिनेछ ।

अन्य जानकारी

  1. परीक्षाको किसिम : आवश्यकता अनुसार लिखित, अन्तरवार्ता, प्रस्तुतिकरण, कम्प्यूटर र प्रयोगात्मक ।
  2. दरखास्त फारम : यस वित्तीय संस्थाको वेव साइट : www.meromicrofinance.com वा यस संस्थाको जुनसुक शाखा कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सकिनेछ ।
  3. परीक्षा दस्तुर : छनौट सूचीमा परेका उम्मेदवारहरुले छनौट सूची प्रकाशित गरेको ७ दिन भित्रमा मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड, कर्पोरेट कार्यालय बट्टार, नुवाकोटको नाममा ग्लोबल आइएमई बैंक लि. कान्तिपथ शाखामा रहेको खाता नं. ०१०१०१०००७०९२ वा यस संस्थाको जुनसुकै शाखा कार्यालयहरुमा नगद रु. ५00/- परीक्षा दस्तुर जम्मा गर्न सकिनेछ । रकम जम्मा गरेको भौचर अन्तरवार्तामा लिई आउनु पर्नेछ ।
  4. आवेदन पठाउने ठेगाना : मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको इमेल ठेगाना : [email protected] वा पोष्ट बक्स नं. २२०,(ललितपुर) वा कर्पोरेट कार्यालय बट्टार, नुवाकोटमा माथि उल्लेखित मितिभित्र आइपुग्ने गरी पठाउनु पर्नेछ । रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन । रीतपूर्वक प्राप्त दरखास्तमध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।

(नोट : कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।)

कर्पोरेट कार्यालय :
विदुर – ४, बट्टार, नुवाकोट
फोन नं. : 01-561747

सम्पर्क कार्यालय :
ललितपुर – १४, कुपण्डोल, ललितपुर
पोष्ट बक्स नं. २२० (ललितपुर), फोन नं. 01-5528136

Meromicrofinance

To apply for this job email your details to vacancy@meromicrofinance.com